+
+
Shares

३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने भएको छ ।
  • बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क मा आवेदन दिन सक्नेछन् ।
  • अधिक तरलता व्यवस्थापन गर्न जारी गरिएको यस ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

१६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बोलकबोलमार्फत सो ऋणपत्र जारी हुन लागेको छ ।

बैंक तथा वित्तीय संस्थाले लगानीका लागि यसमा आवेदन दिन सक्नेछन् । ब्याजदर बोलकबोलबाट तय हुनेछ भने अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । न्यूनतम ५ करोड तथा अधिकतम ५ करोडले भाग जाने कुल आह्वान रकमसम्म बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् ।

यस उपकरणको नाम नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क रहेको छ ।  बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेका बेला यो ऋणपत्र जारी हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?