काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘गौंथली’लाई यतिबेला प्रवर्धनको चटारो छ । १ साउनदेखि हलमा आउने यो फिल्मका कलाकार मोफसल टूरमा निस्किएर दर्शक भेट्दैछन् ।
अर्कोतर्फ, विश्वभर अहिले विश्वकप फुटबलको माहोल पनि छ । सबै उमेरका दर्शक विश्व खेलकुदको यो महाकुम्भमा रमाइरहेका छन् । नेपालमा पनि फुटबलको ज्वरो दिनप्रतिदिन उकालो लाग्दो छ ।
यस्तोमा, यो फिल्मका शीर्ष कलाकार अरुण क्षेत्री र सिम्रन खड्काले भने आफूलाई मनपर्ने टिमको जर्सी लगाएर फोटोसुट गराएका छन् । अरुणले अर्जेन्टिना र सिम्रनले पोर्चुगलको जर्सी लगाएर फोटोसुट मात्र गराएनन्, दर्शकको मुड बुझेर होला उनीहरूले फिल्मको प्रवर्धनलाई विश्वकपसँग जोडे ।

तस्वीरहरूमा यी दुईजना कलाकार स्पोर्टी अवतारमा प्रस्तुत छन् । आफूहरुले अहिले विश्वकपका खेलहरू हेरिरहेको र सोहीअनुसार फोटोसुट गराएको अरुण र सिम्रनले बताएका छन् ।
फिल्म ‘गौंथली’को कुरा गर्दा यसलाई कपिल रिजालले निर्देशन गरेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् ।
निर्माताको रूपमा सुमन गिरी र कपिल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा रहेका छन् ।
तस्वीर सौजन्य : विवेक बस्याल








प्रतिक्रिया 4