+
फिफा विश्वकप २०२६ :

ओयाजाबालको दोस्रो गोल, स्पेनलाई ३-० को अग्रता

२०८३ असार  १९ गते २:३८ २०८३ असार १९ गते २:३८

स्पेनका मिकेल ओयाजाबालले अस्ट्रिया विरुद्ध व्यक्तिगत दोस्रो गोल गरेका छन् । 

१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्पेनका मिकेल ओयाजाबालले अस्ट्रिया विरुद्ध व्यक्तिगत दोस्रो गोल गरेका छन् ।

लस एन्जलमा खेलको अन्तिम समयतिर ओयाजाबालले गोल गरेपछि स्पेनले ३-० को अग्रता बनाएको छ र १६ वर्षपछि विश्वकपमा पहिलो जित नजिक छ ।

यस खेलमा दुई गोल गरेपछि ओयाजाबालको गोल संख्यामा ४ पुगेको छ र गोल्डेन बुटको रेसमा समावेश भएका छन् ।

समूह चरणमा उनले साउदी अरेबिया विरुद्ध २ गोल गरेका थिए ।

 

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय