+
फिफा विश्वकप २०२६ :

ओयाजाबालको गोलमा स्पेनको अग्रता

२०८३ असार  १९ गते १:२५ २०८३ असार १९ गते १:२५

मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाए ।

१८ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रिया विरुद्ध अग्रता लिएको छ ।

मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाए ।

लस एन्जल स्टेडियममा भइरहेको खेलमा ओयाजाबालले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।

सन् २०१० को विश्वकपमा फाइनल आन्द्रेस इनेस्टाले नेदरल्यान्ड्स विरुद्ध गरेको गोलपछि विश्वकपको नकआउट चरणमा गोल गर्ने ओयाजाबाल पहिलो स्पानिस खेलाडी बने ।

स्पेनले सुरुवात देखि नै अस्ट्रियामाथि लगातार आक्रमण गर्दै गोल गर्ने प्रयास गरेको थियो ।

२९औं मिनेटमा कुकुरेलाको गोल गरेपनि मान्यता पाएन । उक्त समयमा स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्‍याएको भन्दै रेफ्रीले गोलको मान्यता दिएनन् ।

यस्तै ओयाजाबालले ३३औं मिनेटमा गरेको प्रहार अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गरे ।

अस्ट्रियाका डिफेण्डरले स्पेनका युवा स्टार लामिन यमाललाई कडा निगरानीमा राखेका थिए ।

 

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय