+

एसियन स्केटिङ च्याम्पियनसिपका लागि गजेन्द्र र शरद जापान जाने

२०८३ असार  १८ गते २३:०८ २०८३ असार १८ गते २३:०८

१८ असार, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनले आगाी सेप्टेम्बरमा जापानको आइची सिटीमा हुने एसियन स्केटिङ च्याम्पियनसिपका लागि पुरुषतर्फ गजेन्द्र बर्देवा र शरदकुमार राईलाई छनोट गरेको छ ।

एसोसिएसनका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरूलाई प्रतियोगिताका लागि छनोट गरिएको हो ।

बिहीबार काठमाडौंको बत्तीसपुतलीको होटल तपसमामा आयोजित छनोट तथा खेलाडी नामावली घोषणा कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष जागृत पहाडी, महासचिव सत्य थापा, बागमती प्रदेश प्रमुख विकास लामा तथा प्रमुख प्रशिक्षक दीलिपराज बरालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक बरालले जापानमा हुने प्रतिस्पर्धामा सफलता हासिल गर्न खेल रणनीति, अनुशासन र आत्मविश्वासलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

महासचिव थापाले एसोसिएसनका अध्यक्ष अच्युत खनाल पनि जापानमा हुने प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

एसियन स्केटिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय