+
+
Shares

नेपालमा पहिलोपटक भित्रियो हेल्मेट स्यानिटाइजिङ मेसिन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १२:३४

१९ असार, बुटवल । नेपालमा पहिलोपटक हेल्मेट स्यानिटाइजिङ मेसिन भित्रिएको छ।

भारत हैदरावादको फ्रेसपोड इन्डियाले उत्पादन गरेको मेसिनको नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेसपोड प्रालिले नेपालभरका लागि आधिकारिक विक्रेता बनेर मेसिन भित्र्याएको हो । हेलमेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जस्ता समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्र्याइएको कम्पनीले जनाएको छ।

बुटवलमा एक औपचारिक समारोहबीच उक्त मेसिन लन्च गरिएको छ । दैनिक प्रयोगमा आउने हेलमेट स्वच्छतालाई मध्यनजर गरी नेपालमा पहिलोपटक मेसिन भित्र्याएर देशभर बिक्री वितरण गर्न थालेको गैरे फ्रेसपोडको मातृ संस्था गैरे प्रतिष्ठान प्रालिका अध्यक्ष प्रेमराज गैरेले बताए ।

गैरे फ्रेसपोडका अध्यक्ष प्रवेशराज गैरेका अनुसार हेलमेट स्यानिटाइजिङ मेसिनको मूल्य नेपालमा भ्याटसहित ५ लाख ९५ हजार रुपैयाँ रहेको छ । ५ मिनेटमा हेलमेटभित्रको धुलो, दुर्गन्ध र जीवाणु हटाई हेलमेटलाई सफा, स्यानिटाइज र सुगन्धित बनाउने उनले बताए ।

मेडिकल ल्याब परीक्षणबाट प्रमाणित यो प्रविधिबाट स्यानिटाइज गरिएको हेलमेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ। गैरे फ्रेसपोडले एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपैयाँ सेवा शुल्क निर्धारण गरेको कम्पनीको म्यानेजिङ डाइरेक्टर प्रिया गैरेले जानकारी दिइन् ।

कम्पनीका अनुसार यो सेवा विशेषगरी मोटरसाइकल चालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेलमेट प्रयोगकर्ताका लागि उपयोगी हुनेछ। नियमित हेलमेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

कम्पनीले बिहीबारदेखि नेपालमा औपचारिक रूपमा बिक्री सुरु गर्दै आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल, मोटरसाइकल सर्विस सेन्टर आदि स्थानमा सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?