+
+
Shares

‘फेरि रेशम फिलिली’ फिल्मका निर्माताबीचको लेनदेन विवाद अदालतमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १५:०९

काठमाडौं । फिल्म ‘फेरि रेशम फिलिली’का दुई निर्माण साझेदारको विवाद अदालतमा पुगेको छ । निर्माता रौनकविक्रम कँडेलले अभिनेता समेत रहेका अर्का निर्माता विनय श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा लेनदेनको मुद्दा दायर गरेका छन् ।

अदालतका सूचना अधिकारी शिव खतिवडाले १३ जेठमा कँडेलले श्रेष्ठविरुद्ध ‘करार बमोजिमको दायित्व पूरा नगरेको’ भन्दै मुद्दा दायर गरेको जनाए । उनका अनुसार वादी र प्रतिवादीबीच रकम लेनदेनको विवाद हो ।

केही मिडियामा श्रेष्ठले कँडेललाई ९१ लाख रुपैयाँ तिर्नुपर्ने भनेर उल्लेख गरेपनि अदालतका सूचना अधिकारी खतिवडाले भने रकम खुलाएनन् ।

यो मुद्दा अहिले अदालतमा विचाराधिन छ । जेठ २७ गते म्याद तामेल भएर अहिले प्रत्यूत्तर दर्ता भएको स्थितीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?