+
+
Shares

भारतीय प्रतिनिधि मण्डलद्वारा खामेनीलाई श्रद्धाञ्जली अर्पण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते ९:०४

२० असार, काठमाडौं । इरानको राजधानी तेहरानमा भारत सरकारको प्रतिनिधि मण्डलले इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई श्रद्धाञ्जली दिएको छ ।

भारत सरकारको आधिकारिक प्रतिनिधि मण्डलमा बिहारका गभर्नर (राज्यपाल) सैयद अता हसनैन र विदेश राज्यमन्त्री पबित्र मार्गेरिटा सहभागी छन् ।

बिहारका राज्यपालले सामाजिक सञ्जालमा श्रद्धाञ्जली सभाको तस्विर पोस्ट गर्दै एक बयान जारी गरेका छन् ।

बयानमा भनिएको छ, ‘विदेश राज्यमन्त्री पबित्र मार्गेरिटाका साथ शुक्रबार तेहरानमा आयतुल्लाह सैयद अली खामेनीलाई अन्तिम संस्कार समारोहमा भारतको प्रतिनिधित्व गरियो र संघर्षमा ज्यान गुमाएकाहरूको परिवारप्रति गहिरो संवेदना व्यक्त गरियो ।’

विदेश राज्यमन्त्री मार्गेरिटाले पनि सामाजिक सञ्जालमा तस्वीर शेयर गरेका छन् ।

उनले भनेका छन्, ‘बिहारका राज्यपाल र मैले तेहरानमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह सैयद अली खामेनीको अन्तिम संस्कार समारोमामा भारतको प्रतिनिधित्व ग¥यौं । हामीले भारत सरकार र भारतीय जनताका तर्फबट श्रद्धाञ्जली अर्पण गर्‍यौ ।’

इरानमा अली खामेनीको अन्तिम संस्कार समारोह सुरु भइसकेको छ । अन्तिम संस्कार समारोहका लागि विदेशी पाहुनाहरू तेहरान पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?