+
+
Shares

कर्णालीमा खसेको गाडी खोज्न सोनार क्यामरा र म्याग्नेटसहितको गोताखोर टोली परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते ९:४३

२० असार, काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहित थप गोताखोर टोली परिचालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय गोताखोर टोली शुक्रबार घटनास्थलतर्फ पठाइएको हो। टोलीले आज शनिबार घटनास्थल पुगेर खोजी कार्यमा सहभागी हुने सशस्त्र प्रहरीले जनाएको छ ।

टोलीसँग पानीमुनि तथा तीव्र बहावमा रहेका वस्तु र सवारीसाधनको खोजीमा प्रयोग हुने सोनार क्यामरा, म्याग्नेट लगायतका विशेष उपकरण छन्। ती उपकरणको सहायताले नदीको गहिराइमा बेपत्ता गाडी र यात्रुको खोजी गरिनेछ।

गत बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट ६ जना गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो ।

दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारिएको थियो। तर, गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?