+
फिफा विश्वकप २०२६ :

अफ्रिकाबाट २ टोली मात्र अन्तिम १६ मा, एसियन टोली सबै बाहिरिए

२०८३ असार  २० गते १०:४६ २०८३ असार २० गते १०:४६

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ को खेलहरु सकिसकेका छन् र अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलको समिकरण तय भइसकेको छ । अन्तिम १६ मा पनि युरोप र अमेरिकी क्षेत्रकै टोलीहरुको बाहुल्य रहेको छ ।

अफ्रिकाबाट दुई टोली मात्र अन्तिम १६ मा पुग्दा एसियाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन ।

अफ्रिकाबाट ९ टोली अन्तिम ३२ मा पुगेमोमा ७ टोली पराजित हुँदै बाहिरियो भने मोरक्को र इजिप्ट दुई टोली मात्र अन्तिम १६ मा पुगे ।

यस्तै एसियाबाट जापान र एसियन कोटामा खेल्ने अस्ट्रेलिया अन्तिम ३२ मा पुगेको थियो । दुवै टोली राउण्ड अफ ३२ मै पराजित हुँदै बाहिरिँदा अब विश्वकपबाट एसियाको टिम बाँकी रहेन ।

अन्तिम १६ मा युरोपबाट सबैभन्दा धेरै ७ टिमले स्थान बनाएका छन् । युरोपबाट साविक उपविजेता फ्रान्ससहित पूर्व विजेताहरु स्पेन र इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल, नर्वे र स्विट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

यस्तै दक्षिण अमेरिकाबाट साविक विजेता अरेजेन्टिनासहित ब्राजिल, कोलम्बिया र पाारग्वे गरी ४ टिमले अन्तिम १६ मा स्थान बनाए ।

राउण्ड अफ ३२ मा पुगेको मध्ये दक्षिण अफ्रिकाको इक्वेडर मात्र अन्तिम १६ मा पुग्न सकेन ।

यस्तै उत्तर अमेरिकाबाट अमेरिका, मेक्सिको र क्यानडा तीनै राष्ट्रले राउण्ड अफ ३२ मा जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् ।

अन्तिम १६ मा को-को खेल्दैछन्?

असार २० गते

क्यानडा भर्सेस मोरक्को राती २२:४५ बजे

असार २१ गते

पाराग्वे भर्सेस फ्रान्स, विहान २:४५ बजे

असार २२ गते

ब्राजिल भर्सेस नर्वे, विहान १:४५ बजे

मेक्सिको भर्सेस इंग्ल्यान्ड, विहान ५:४५ बजे

असार २३ गते

पोर्चुगल भर्सेस स्पेन, विहान १२:४५ बजे

अमेरिका भर्सेस बेल्जियम, विहान ५:४५ बजे

अर्जेन्टिना भर्सेस इजिप्ट, राती २१:४५ बजे

असार २४ गते

स्विट्जरल्यान्ड भर्सेस कोलम्बिया, विहान १:४५ बजे

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय