+
+
Shares

गृहमन्त्री गुरुङ विराटनगरमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १२:२४

२० असार, विराटनगर । संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ विराटनगर आइपुगेका छन् । जिल्लाको बस्तुस्थिति बुझ्नउनी शनिबार बिहान विराटनगर आएका हुन् । उनले नेपाल भारत सीमा क्षेत्रको पनि निरीक्षण गर्नेछन् ।

निरीक्षणका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका उनले छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न निर्देशन पनि दिए । नागरिकलाई एकै ठाउँबाट सेवा दिनका लागि आवश्यक भए संरचना थप गर्न पनि निर्देशन दिए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।

‘प्रहरीको समस्या  बुझेको बताउँदै उनले धेरै ठाउँका भवन र भौतिक संरचना जीर्ण अवस्थामा रहेको बताए । ती समस्याको समाधान गर्न सरकारले योजना पनि बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?