+
+
Shares

गुणस्तर कायम नगरेको भन्दै न्यूरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १३:०५

२० असार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर कायम नगरको भन्दै एक रेष्टुरेन्टलाई जरिवाना गरेको छ ।

काठमाडौं महानगरपालिका-२२ न्यूरोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई विभागले अनुगमन गरी दुई लाख जरिवाना गरेको हो ।

अनुगमनका क्रममा रेष्टुरेन्टमा सरसफाइको अवस्था सामान्य पाइए पनि म्याद नाघेको फ्रुट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो ।

यस्तै, फ्रिजमा भण्डारण अव्यवस्थित रहेको र तेलको टीपीएम २२.० पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बालकुमारी शर्माले जानकारी दिइन् ।

विभागले उक्त रेष्टुरेन्टका सञ्चालकलाई कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

अनुगमनका क्रममा भेटिएका म्याद नाघेका तथा पूर्ण लेभल विवरण नभएका दुई बोतल स्क्वास नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?