+
+
Shares

राष्ट्रिय सभामा अर्थमन्त्रीले भने- हाइटी र सोमालिया जस्ता देशको दर्जामा झर्ने जोखिम बढ्दैछ

‘सुशासनका नियमित काम नगरी राजकाजमा चुक्दा हामी हाइटी, सोमालिया जस्ता मुलुकको दर्जामा झर्ने जोखिम बढ्दैगएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १५:०९

२० असार, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्न सरकार प्रयासरत् रहेको बताएका छन् ।

शनिबार राष्ट्रियसभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

‘हामीले काम गर्न सकेनौं भने हामी ब्ल्याक लिस्टतिर झर्दछौं । ब्ल्याक लिस्टमा झर्नु भनेको बाँकी दुनियाँको वित्तीय सम्बन्ध टुट्नु हो । प्रत्यक्ष विदेशी लगानी भित्र्याउनु छ, हाम्रो अन्तर्राष्ट्रिय विश्वासनियता माथि उकास्नु छ,’ उनले भने, ‘सुशासनका नियमित काम नगरी राजकाजमा चुक्दा हामी हाइटी, सोमालिया जस्ता मुलुकको दर्जामा झर्ने जोखिम बढ्दैगएको छ ।’

उनले २०८१ देखिको कलंक मेटाउन धेरै प्रयास गरिरहेको टिप्पणी गरे । ‘०८१ फागुनदेखिको यो कलंक हामी मेटाउन खोज्दैछौं,’ उनले भने ।

आफू आएको ४० दिनमा उल्लेख्य प्रगति भएको उनले दाबी गरे । ‘१५ वटा अनिवार्य अर्जेन्ट एक्सन प्लान हामीलाई थमाइएको छ, फाइनान्सियल एक्सन टास्कफोर्सबाट,’ उनले भने, ‘तीमध्ये पूर्ण रूपमा सम्बोधन भएको जिरो थियो, धेरै कुरा सम्बोधन भएको पनि शून्य थियो, आंशिक रूपले सम्बोधन भएको ४ जटा थियो, हामी सरकारमा आउँदा कत्ति पनि सम्बोधन नभएका बुँदा ६ वटा थिए ।’

अहिले आफू आएपछि सम्पूर्ण रूपमा सम्बोधन नभएका तीन, आंशिक सम्बोधन भएका ६ बाट झारेर ४, कत्ति पनि सम्बोधन नभएका ९ बाट झारेर ८ मा पुर्‍याएको उनले दाबी गरे । ‘अब म अर्को हप्ता निर्देशन समितिको बैठक राखेर, माइलस्टोन दिएर, सम्पूर्ण राज्यका अंगलाई चलायमान बनाएपछि ८ लाई हामी एकैचोटि सबै सम्बोधन भएको कोटीमा पुर्‍याउने गरेर इमरजेन्सीका साथ हामी काम गरिरहेका छौं,’ अर्थमन्त्री वाग्लेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?