+
+
Shares

हेटौंडा कपडा उद्योग फेरि सञ्चालनमा ल्याउन सेनाले परीक्षण उत्पादन गरिरहेको छ : सरकार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १९:४८

२० असार, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग पुन: सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।

सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले यसबारे जानकारी गराएका हुन् ।

सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको पुन: सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको पनि सचिव राउतले जानकारी दिए ।

पछिल्लो समयमा सातवटा बन्द भएका अथवा रुग्ण उद्योगहरूको सम्पती तथा दायित्वको मूल्यांकन कार्य (डिडिए) रिपोर्ट बनाउने काम भइरहेको पनि बताए । कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डिडिए रिपोर्ट आएपछि मात्रै तय हुने उनको भनाइ छ ।

‘यस सम्बन्धमा अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशेष गरेर अर्थ मन्त्रालय हामी दुवैबाट यसमा पहलहरू भएका छन् र अहिले पछिल्लो समयमा सातवटा बन्द भएका अथवा रुग्ण उद्योगहरूको यो सम्पती तथा दायित्वको मूल्यांकनको कार्य डीडीए भन्छौं हामी त्यसलाई, यो काम अहिले जारी रहेको छ र त्यो डीडीएको रिपोर्ट आए पश्चात यसको सञ्चालनको मोडालिटी के कस्तो हुने भन्नेकुरा सरकारले तय गरेर यसलाई अगाडि लाने क्रममा छौं,’ उनले भने ।

उनले मन्त्रिपरिषद्बाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुङ्गा खानी र रातो माटो खानीको लाइसेन्सको अवधि सकिएकोमा लाइसेन्सको अवधि थप गरी लाइसेन्स प्रदान गर्नको लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको पनि जानकारी दिए ।

यही क्रममा अहिले नेपाल सरकार मन्त्रिपरिषद्बाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चूनढुङ्गा खानी र रातो माटो खानीको जुन लाइसेन्सको अवधि सकिएको थियो, त्यो लाइसेन्सको अवधि लाइसेन्स प्रदान गर्नको लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ,’ उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?