+
+
Shares

मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति पुरस्कार उपेन्द्र खड्कालाई

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते २०:०१

२० असार, काठमाडौं । मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (फेलोसिप) पुरस्कार उपेन्द्र खड्काले पाएका छन् । खड्का उकेरा डटकम कार्यरत छन् ।

शनिबार काठमाडौंमा आयोजित एक समारोहमा आयोजक संस्थाले पुरस्कारको घोषणा गरेको हो ।

नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसन र एरिटे हेल्थसायन्सेस को आर्थिक सहयोगमा उनलाई यो अध्ययनवृति पुरस्कारका लागि छनोट गरिएको हो । पुरस्कार ३ लाख रूपैयाँ राशीको रहेको छ ।

६ महिने स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति का लागि आवेदन माग भएकोमा स्वास्थ्य क्षेत्रमा रिपोर्टिङ गर्दै आएका २१ पत्रकारले आवेदन दिएका थिए । सो आवेदनमध्येबाट खड्कालाई छनोट गरिएको हो ।

यी दुई संस्थाले स्वास्थ्य पत्रकारका लागि सुरु गरेको यो पहिलो अध्ययनवृति पुरस्कार समेत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?