+
+
Shares

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते ६:५७

२१ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ।

आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दीपक दवाडीका अनुसार शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको हो ।

घटना लगतै स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भई जंगली हात्तीलाई तत्काल नियन्त्रण लिन आवश्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आबश्यक काम गर्ने लगायतका सहमती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?