+
+
Shares

अनलाइनखबरकर्मी शिव मुखियालाई मातृशोक

इलाम नगरपालिका–४ निवासी, ६८ वर्षीया टिकामायाको शनिबार बिहान ५ बजे जिल्ला अस्पताल इलाममा निधन भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १२:३२

२१ असार, काठमाडौं । अनलाइनखबरकर्मी शिव मुखियालाई मातृशोक परेको छ । मनोरञ्जन र जीवनशैली ब्यूरोका संयोजक मुखियाकी आमा टीकामाया मुखियाको शनिबार बिहान निधन भएको हो ।

इलाम नगरपालिका–४ निवासी, ६८ वर्षीया टिकामायाको शनिबार बिहान ५ बजे जिल्ला अस्पताल इलाममा निधन भएको थियो ।

उनी श्वासप्रश्वास सम्बन्धीका समस्याबाट पीडित थिइन् । एक्कासी समस्या बल्झिएपछि उपचारका लागि अस्पताल भर्ना भएकोमा उपचारमा क्रममा निधन भएको हो ।

टीकामायाका एक छोरा र ४ छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?