+
+
Shares

पर्यटनमन्त्री पौडेल भन्छन्- कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना छ   

रासस रासस
२०८३ असार २१ गते १४:२५

२१ असार, मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसम्बन्धी छलफलमा उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना सुनाए ।

आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरलाराजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने भन्दै उनले मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

मन्त्री पौडेलले मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गइरहेकाले त्यसको समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागु गर्न सरोकार भएका निकायलाई सुझाए ।

पर्यटनसम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यवसायीले पर्यटन क्षेत्रका सम्भावना र चुनौतीबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?