२१ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले वर्तमान सरकार गठन भएपश्चातका उपलब्धी र १ सय बुँदे कार्यसूचीमा भएका कामको विवरण सार्वजनिक गरेको छ ।
जसअन्तर्गत कार्यसूचीको बुँदा नम्बर ६ मा उल्लेख जेनजी आन्दोलनबाट प्रभावित परिवारलाई रोजगारी दिने योजना कार्यान्वयन गर्न यस अवधिमा परिवारसँग ‘सम्पर्कको प्रयास’ गरिएको उल्लेख छ ।
उपलब्धीमा भनिएको छ, ‘जेनजी आन्दोलनका क्रममा प्रभावित घाइते तथा मृतकका परिवारलाई उनीहरूको सिप, दक्षता र योग्यताका आधारमा रोजगारी उपलब्ध गराउन सम्बन्धित कार्यालयमार्फत परिवारसँग सम्पर्क गर्ने प्रयास गरिएको छ ।’
मन्त्रालयले अहिलेसम्म सम्बन्धित परिवारबाट रोजगारीका लागि औपचारिक आवेदन वा सम्पर्क नभएको समेत आफ्नो प्रगति विवरणमा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4