+

काठमान्डु गोर्खाजको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

२०८३ असार  २१ गते १६:३५ २०८३ असार २१ गते १६:३५

२१ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजले एक्स्ट्रिम इनर्जी ड्रिंक्सलाई टाइटल स्पोन्सरका रूपमा भित्र्याएको छ ।

एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्स र काठमान्डु गोर्खाजबीच भएको सम्झौताअनुसार टोलीको प्लेइङ जर्सीको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।

यो लगातार दोस्रो वर्ष दुवै पक्षबीच भएको सहकार्य हो । गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स डायमन्ड स्पोन्सरका रूपमा आबद्ध रहेको थियो भने यस वर्ष टाइटल स्पोन्सरमा उक्लिएको हो ।

काठमान्डु गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक–निर्देशक श्रवणबहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताए ।

उनले भने, ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलकुद क्षेत्रमा फरक छाप छोड्न सफल भएको छ । अहिलेको अवस्थामा यसको सहभागिताबिना कुनै ठूलो खेलकुद प्रतियोगिता कल्पना गर्न गाह्रो भइसकेको छ। यस्तो प्रभावशाली र खेलकुदप्रति प्रतिबद्ध ब्रान्डसँग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं । यसले टोलीलाई उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा दिएको छ। यस्ता साझेदारीले टोलीको व्यवस्थापनलाई अझ सुदृढ र व्यावसायिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँछन् ।’

सम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले एनपीएल नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता भएकाले काठमान्डु गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा कम्पनी उत्साहित रहेको बताइन् ।

उनले भनिन्, ‘एनपीएलसँगको सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छविलाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं ।’

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले पछिल्ला केही वर्षदेखि नेपाली खेलकुदमा सक्रिय लगानी गर्दै आएको छ । कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट, जय ट्रफी क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहकार्य गर्दै आएको छ ।

कम्पनीले खेलकुदमार्फत युवामा ऊर्जा, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनको प्रेरणा दिने उद्देश्यका साथ आगामी दिनमा पनि खेलकुद क्षेत्रमा आफ्नो सक्रिय सहभागिता निरन्तर रहने जनाएको छ ।

यसैबीच, काठमान्डु गोर्खाजले आगामी एनपीएलका लागि पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषावकरलाई क्रिकेट डिरेक्टर नियुक्त गरिसकेको छ । टोलीको कप्तानी राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले गर्नेछन्। साथै, टोलीले भीम सार्की, शाहब आलम, राशिद खान, मोहम्मद आदिल अन्सारी र सन्तोष यादवलाई रिटेन गरिसकेको छ ।

काठमान्डु गोर्खाज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय