+
+
Shares

रेडक्रसका सवारी साधन व्यक्तिगत काममा प्रयोग नगर्न केन्द्रको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते ११:३७

२३ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) संस्थाका सवारी साधन र एम्बुलेन्स अनधिकृत प्रयोग टिकाटिप्पणी आएको जनाउँदै व्यक्तिगत प्रयोग नगर्न मातहतका संरचनालाई निर्देशन दिएको छ ।

रेडक्रसका साधनहरु व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक, राजनीतिक वा अन्य कुनै कार्यमा प्रयोग गर्न निषेध गरिएको नेरोसेले जनाएको छ ।

रेडक्रसका सवारी साधन एम्बुलेन्स तथा रेडक्रस चिन्ह व्यक्तिगत प्रयोजनका लागि पूर्ण रूपमा निषेध गरिएको उल्लेख गर्दै नेरोसेले भनेको छ, ‘रेडक्रस चिन्ह अङ्कित सवारी साधन कुनै पनि पदाधिकारी तथा सदस्य एवम् कर्मचारीहरूले मानवीय सेवामा मात्र प्रयोग गर्नुपर्नेछ ।’

नेरेसोका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिह्न विशुद्ध मानवीय सेवाका साथै राहत, उद्धार, स्वास्थ्य सेवा, बिपद् व्यवस्थापन, रक्तसञ्चार कार्यमा संस्थागतक काममा प्रयोग गर्न भनिएको छ । नेरोसोका सवारी साधन, एम्बुलेन्स व्यक्तिगतका काम र रेडक्रस चिन्हको दुरुपयोग भएको भए केन्द्रमा जानकारी गराउन अनुुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?