+
+
Shares

श्रममन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १७:२५

२४ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच भेटवार्ता भएको छ ।

बुधबार मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो ।

छलफलमा दुवै जनाले द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?