+
+
Shares

पाँचथरमा बढ्यो लागुऔषध कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ६:४३

२५ असार, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि लागुऔषधको प्रयोग गर्नेको संख्या बढिरहेको भन्दै बेलाबेला चासो र चिन्ता बढिरहेको छ । लागुऔषध प्रयोग कर्ता गाउँ गाउँसम्म फैलिदै गएको पाइन्छ ।

विभिन्न समयमा अनुसन्धान गरीरहेका प्रहरीका अनुसार ग्रामिण क्षेत्रमा पनि लागुऔषध प्रयोगकर्ताको जालो फैलिदै गएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क हेर्ने हो भने पाँच वर्षमा १०० कारोबारी पक्राउ परेका छन् । यी जिल्लाभित्र पक्राउ परेका हुन् । इलाम, झापा, सुनसरीसम्म पनि पाँचथरका व्यक्तिहरु पक्राउ परिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँच वर्षमा  ४० वटा मुद्दासमेत चलाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७ वटा मुद्दामा २९ जना पक्राउ परेका थिए । यस्तै २०७९/८० मा १० मुद्दामा १६ जना, २०८०/८१ मा ९ मुद्दामा १६ जना, २०८१/८२ मा ९ मुद्दामा २६ जना पक्राउ परेका छन । चालु आर्थिक वर्षमा ५ मुद्दामा १३ जना पक्राउ परेका छन । प्रहरीले प्रयोगकर्तालाई सम्झाएर घर पठाउने पनि गरेको छ ।

कतिपय एउटै व्याक्ति पटक-पटक पक्राउ पनि परिरहेका छन् । खैरो हिरोइन, ट्रमाडोल जस्ता लागुऔषध पक्राउ पर्ने गरेका छन । ‘हामीले कारोबारी पत्ता लगाउने, पक्राउ गर्ने गरीररहेका छौं’, जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपि अनिश  कर्णले भने, ‘हामीले सचेतना जगाउने कार्यक्रम पनि गरिरहेका छौं । सचेतना जगाउने काम गाँउ गाँउसम्म गर्नु पर्ने अवस्था देखिन्छ ।’

गाउँ-गाँउसम्म लागुऔषध प्रयोगकर्ता बढ्दै गएको चिन्ता सार्वजनिक कार्यक्रमहरुमा  हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?