२५ असार, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढेको छ ।
बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाएको हो ।
यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो । निर्वाचन आयुक्तमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस भएको छ ।
तीनै जना विरुघ सुरुमा सुनुवाइ समितिले उजुरी आह्वान गर्नेछ । १० दिन समय दिएर उजुरी आह्वान गर्ने अभ्यास छ । प्राप्त उजुरीउपर छलफल गरेर सुनुवाइ समितिले निर्णय गर्छ ।
सुनुवाइ समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4