+
+
Shares

नावा खोलामा बाढी, तमोर कोरिडोर प्रभावित

ईश्वर थापा ईश्वर थापा
२०८३ असार २५ गते ११:१३

२५ असार, धनकुटा । अविरल वर्षाका कारण धनकुटा-पाँचथर सीमास्थित नावा खोलामा आएको बाढीले तमोर कोरिडोर प्रभावित भएको छ ।  बिहीबार बिहानैदेखि सडक डुबानमा परेपछि सुनसरीको धरान हुँदै धनकुटा, पाँचथर र ताप्लेजुङ जोड्ने यस महत्वपूर्ण सडकखण्डमा सवारीसाधन सञ्चालन आंशिक रुपमा बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाको चौविसे गाउँपालिका र पाँचथरको तुम्बेवा गाउँपालिकाको सिमानामा रहेको नावा खोलामा पानीको सतह एक्कासि बढेपछि खोलामाथिको सडक डुबानमा परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले बाढीले सडक आंशिक अवरुद्ध भएको जानकारी दिए । उनले नावा खोलामा बर्सेनि समस्या हुने गरेको बताए ।

यता जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्णरुपमा यातायात अवरुद्ध भएपनि केही समयको प्रयासपछि ठूला सवारी सञ्चालनमा आएको तथा साना र यात्रुबहाक सवारी सञ्चालन रोकिएको जानकारी दिए ।

उनले लगातार वर्षा भइरहेकोले साना र यात्रुबहाक सवारी सञ्चालनका काम गर्न समस्या भइरहेको जानकारी दिए । उनले यात्रु तथा सवारी चालकलाई जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको गरिसकेको बताए ।

सडक अवरुद्ध भएपछि पाँचथर, धनकुटा र ताप्लेजुङतर्फ जाने तथा त्यहाँबाट आउने यात्रुवाहक तथा साना सवारीसाधन दुवैतर्फ रोकिएका छन् । तर, मालवहाक सवारी ठूला भने आंशिक रुपमा सञ्चालनमा आएका छन् । वर्षा नरोकिएकाले खोलाको सडक खुलाउन जेसिबी तयारी रहेपनि काम गर्न समस्या रहेको जानकारी दिए ।

उनले वर्षा नरोकिएकाले बहाव अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दा र यात्रुलाई उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कर्णले जानकारी दिए ।

पानीको सतह घटेपछि सडकको अवस्था मूल्यांकन गरी यातायात पूर्ण रुपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ । मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दो रहेकाले अत्यावश्यक बाहेकको यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासन तथा प्रहरीले आग्रह गरेको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?