+
+
Shares

‘लोकदोहोरी स्टार’ सिजन २ को देशब्यापी अडिसन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १५:१०

काठमाडौं । टेलिभिजन शो ‘लोकदोहोरी स्टार’ सिजन २ सुरु हुने भएको छ । यसको देशब्यापी अडिसन विभिन्न सहरमा आयोजना हुने प्रेषित विवरणमा जनाइएको छ ।

एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको शोको अडिसन सातै प्रदेशमा हुनेछ । निर्णायकमा गायिका कोमल वली र गायकद्वय राजु परियार र चन्द्र शर्मा छन् ।

आयोजकका अनुसार दोस्रो संस्करणलाई व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी छ । जस अनुसार अडिसन कार्यक्रमको सुरुवात असार २७ गते इटहरीबाट हुनेछ ।

त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, श्रावण १ गते नेपालगञ्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न–उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने जनाएको छ ।

यो कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?