२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले मोरक्को विरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुँदा पहिलो हाफ बराबरीमा सकिएको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । एमबाप्पेले २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए ।
साविक उपविजेता फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गवलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे ।
खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए ।
२५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो ।

२८औं मिनेटमा एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए ।
यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।
पहिलो हाफमा फ्रान्सले लगातार आक्रमण गर्दा १३ सट प्रहार गर्दा ३ सट टार्गेटमा थियो । तर मोरक्कोका गोलकिपरले ३ उत्कृष्ट बचाउ गरे ।
प्रतिक्रिया 4