News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएको छ ।
- नेपालीको निधनपछि उनका आफन्तले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् ।
- नगर प्रहरीले ह्वील लक गरेकै कारण घटना भएको भन्दै मृतकका आफन्तले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
२६ असार, काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज शुक्रबार निधन भयो । उपचारकै क्रममा वीर अस्पतालमा उनको निधन भएको हो ।
उनको निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । उनको निधन भएको वीर अस्पताल अगाडि पनि प्रदर्शन भइरहेको छ ।
राहदानी विभागअगाडि उनको बाइकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेको थियो । यही घटनापछि नेपालीले आत्मदाह गरेको उनका आफन्तको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4