News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतमा नयाँ आर्थिक वर्षको लगत सार्ने प्रक्रियाका कारण साउन १ गतेदेखि करिब डेढ साता नियमित सुनुवाइ प्रभावित हुने भएको छ।
- अदालत प्रशासनका अनुसार साउन ११ गतेबाट मात्र नियमित सुनुवाइ पुनः सुरु हुनेछ।
- यो अवधिमा बन्दी प्रत्यक्षीकरणका मुद्दा र केही विशेष निवेदनमा भने सुनुवाइ जारी रहने सर्वोच्च अदालतले जनाएको छ।
२६ असार, काठमाडौं । आगामी साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ साता प्रभावित हुने भएको छ ।
हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास छ । सोही अनुसार, यो वर्ष नयाँ आर्थिक वर्ष सुरु भएपछि करिब डेढ साता सुनुवाइ प्रक्रिया प्रभावित हुने भएको हो ।
सर्वोच्च अदालत प्रशासनका अनुसार, साउन ११ गतेबाट मात्रै नियमित सुनुवाइ हुनेछ ।
यसअघि दुई सातासम्म पनि सुनुवाइ रोकिने गरेको थियो । यो पटक भने ११ दिनमात्रै अवरुद्ध हुने भएको सर्वोच्च अदालतले जनाएको छ ।
यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने रोकिंदैनन् । केही निवेदनमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4