+
+
Shares

संवैधानिक आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानूनमन्त्री सोबिता गौतमले संवैधानिक आयोगका सिफारिस एवं वार्षिक प्रतिवेदनहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
  • राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री गौतमले आयोगका सिफारिसहरू कार्यान्वयनका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गरिन् ।
  • मन्त्री गौतमले कानून निर्माण तथा व्यवहारिक सुधारमार्फत संवैधानिक आयोगका प्रतिवेदन कार्यान्वयनमा सरकार गम्भीर रहेको जनाइन् ।

२६ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक आयोगका सिफारिस एवं वार्षिक प्रतिवेदनहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताएकी हुन् ।

विभिन्न संवैधानिक आयोगहरूले गरेका सिफारिस एवं वार्षिक प्रतिवेदनहरूको अध्यययन गर्ने कार्य भइरहेको समेत उनले बताइन् ।

‘जतिपनि संवैधानकि आयोगका प्रतिवेदनहरू रहेका छन् र जतिपनि सिफारिसहरू आएका छन् । ती सबै प्रतिवेदन र सिफारिसहरूलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको छ । हामीले हेरिहरेका छौँ । केही भइरहेका छन् भने केही हुने क्रममा रहेका छन्,’ उनले भनिन् ।

आयोगका केही सिफारिसहरू कार्यान्वयनको लागि आवश्यक कानून बनाउनुपर्ने तथा केही व्यवहारिक सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसमा सरकार गम्भीर रहेको बताइन् ।

‘केही विषयहरू कार्यान्वयन गर्नको लागि कानुन बनाउनुपर्ने छ भने केही व्यवहारमा सुधार गर्नुपर्नेछ । यसमा हामी निरन्तर गरि नै हाल्छौँ । अब यो संवैधानिक आयोगको जवाफदेहीता संघीय संसदप्रति हुन्छ भन्ने कुरा संविधानमा लेखिएको र सरकारबाट स्वतन्त्र हुने भएको कारणले तद्तद् स्थानमा सुधार गर्दै जान्छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?