News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको गोडैता नगरपालिकामा ३५ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
- मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत उक्त घटनाको जानकारी गराएका छन्।
२६ असार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।
गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।
रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।
उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा भने कोही पनि व्यक्ति नभएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4