News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
- घरपरिवारसँगको विवादका कारण उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
- गम्भीर घाइते मण्डललाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
२६ असार, सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका पुरुषलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।
गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
केहीबेरअघि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् । घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4