News Summary
Generated by OK AI. Editorially reviewed.- साविक विजेता यानिक सिनरले सात पटकका विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै विम्बल्डन टेनिसको फाइनलमा स्थान बनाएका छन् ।
- सिनरले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सेटमा हराउँदै अस्ट्रेलियन ओपनको हारको बदला लिएका छन् ।
- उपाधिका लागि अब सिनरले अलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
२६ असार, काठमाडौं । साविक विजेता यानिक सिनर विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार राति सम्पन्न सेमिफाइनलमा सात पटकका विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै सिनर फाइनलमा पुगेका हुन् । सिनरले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सेटमा पराजित गरे ।
यसअघि यी दुई खेलाडी अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पनि भिडेका थिए जहाँ जोकोभिच विजयी भएका थिए । सिनरले उक्त हारको बदला समेत लिएका छन् ।
सिनरले आजको खेलमा तीनवटै सेटमा आफ्नो सर्भिसमा कुनै पनि गेम हारेनन् ।
सिनरले अब उपाधिका लागि अलेक्जेन्डर जेभेरेभसँग खेल्ने छन् ।
प्रतिक्रिया 4