+
+
Shares

आत्मदाह गरेका गणेशको शव वीरबाट त्रिवि शिक्षण अस्पताल लगियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते ८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव वीर अस्पतालमा फ्रिज नभएका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ ।
  • उपचारका क्रममा मृत्यु भएका नेपालीको शव परिवारले सहमति नभएका कारण हालसम्म बुझेका छैनन् ।
  • सरकार र पीडित परिवारबीच हिजो भएको अनौपचारिक वार्ता बिनानिष्कर्ष टुङ्गिएकाले आज पुनः वार्ता गर्ने तयारी भइरहेको छ ।

२७ असार, काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव राति १० बजेतिर शिक्षण अस्पताल पठाइएको हो ।

सहमति नभएकोले उनको शव परिवारले बुझेका छैनन् । त्यसैले शव सुरक्षित राख्नु पर्ने भएकोले राति नै शिक्षण अस्पताल पठाइएको वीर अस्पतालमा सूचना अधिकारी प्रकाश बुढाथोकीले जानकारी दिए ।

वीर अस्पतालमा मर्चरी चेन (शवलाई सुरक्षित राख्ने फ्रिज) नभएका कारण शव शिक्षण अस्पताल पठाइएको सूचना अधिकारी बुढाथोकीले बताए ।

सरकारले गणेशका आफन्तसँग शुक्रबार अनौपचारिक वार्ता गरेको थियो तर कुनै निष्कर्ष निस्किएन । आज थप वार्ता गर्ने तयारी छ ।

आफन्ले सरकारको ज्यादतीका कारण गणेशले आत्मदाह गरेको भन्दै आन्दोलन थालेका छन् । गणेशले बिहीबार काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?