News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ।
- कीर्तिपुर बर्न अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले मण्डलको अवस्था क्रिटिकल रहेको र आईसीयूमा उपचार भइरहेको जानकारी दिनुभयो।
- बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ।
२७ असार,काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।
शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो ।
मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।
‘अवस्था क्रिटिकल छ । आईसीयूमा उपचार हुँदैछ । हिजो साढे ७ बजे ल्याएको हो’, निर्देशक नकर्मीले भने, ‘८५ प्रतिशत जलेको छ । सबै गहिरो छ ।’
२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो ।
प्रतिक्रिया 4