News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ।
- पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाउँदा साबित्री धामीले सर्वाधिक ५२ रन जोडिन्।
- नेपाली बलरहरूको कसिलो बलिङसामु कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो भने रचना चौधरी र रिया शर्माले समान ३–३ विकेट लिए।
२७ असार, काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो । नेपालका लागि साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् । सना प्रविणले २७ रन जोडिन् भने अञ्जिला पाठक २३ रनमा अविजित रहिन् । कप्तान सोनी पाख्रिन भने खाता नै खोल्न नसकी आउट भइन् ।
१३१ रनको लक्ष्य पछ्याएको कतार नेपाली बलरहरूको कसिलो आक्रमणअघि निरीह बन्यो । कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो ।
नेपालका लागि रचना चौधरीले ३ ओभरमा २ रन मात्र दिएर ३ विकेट लिइन् । रिया शर्माले ३ ओभरमा ६ रन दिएर ३ वपकेट लिइन् । मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।
प्रतिक्रिया 4