News Summary
Generated by OK AI. Editorially reviewed.- पशुपति क्षेत्र विकास कोषले साउन महिनामा आउने भक्तजनका लागि सहजता प्रदान गर्ने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरेको छ ।
- कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले साउन महिनाभरि आवश्यकताअनुसार विशेष सफाइ गरिने जानकारी दिनुभयो ।
- शनिबार सुरु भएको उक्त अभियानमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता रहेको छ र यसलाई प्रत्येक शनिबार पनि निरन्तरता दिने तयारी गरिएको छ ।
२७ असार, काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् ।
भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिए ।
पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उनले बताइन् ।
आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उनको भनाइ छ ।
पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो । कोषले आजदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताइन् ।
उनका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने छ । –रासस
प्रतिक्रिया 4