+
फिफा विश्वकप २०२६ :

एर्लिङ हालान्ड एक मेसिन हुन्ः ह्यारी केन

२०८३ असार  २७ गते १४:५१ २०८३ असार २७ गते १४:५१

म्याच–अघिको पत्रकार सम्मेलनमा केनले हालान्ड अविश्वसनीय रहेको बताएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका कप्तान ह्यारी केनले नर्वेका स्ट्राइकर एर्लिङ हालान्डलाई अविश्वसनीय खेलाडी र एक मेसिन भएको बताएका छन् ।
  • केनले भने, 'एर्लिङ अविश्वसनीय छन्, उनको फिनिसिङ उच्चतम स्तरको छ र उनको गोल गर्ने रेकर्डले आफैं बोल्छ ।'
  • विश्वकपको सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र नर्वेबिचको खेल आइतबार बिहान पौने ३ बजे हुने तय भएको छ ।

२७ असार, काठमाडौं । इंग्ल्यान्डका कप्तान ह्यारी केनले नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड एक मेसिन भएको बताएका छन् ।

म्याच–अघिको पत्रकार सम्मेलनमा केनले हालान्ड अविश्वसनीय रहेको बताएका हुन् । जारी विश्वकपकाे सेमिफाइनल प्रवेशका लागि यी दुई टोली इंग्ल्यान्ड र नर्वेबिचको खेल आइतबार बिहान पौने ३ बजे हुनेछ ।

‘एर्लिङ अविश्वसनीय छन् । उनको गोल गर्ने रेकर्ड र शारीरिक बनावट हेर्दा उनी एक मेसिन हुन् । उनको फिनिसिङ उच्चतम स्तरको छ र उनको गोल गर्ने रेकर्डले आफैं बोल्छ,’ केनले भने ।

एर्लिङ र आफु पूर्ण रूपमा फरक खेलाडी भएको केनले उल्लेख गरे । ‘मलाई लाग्छ हामी पूर्ण रूपमा फरक खेलाडी हौं । मलाई थाहा छ हामी दुवै स्ट्राइकर हौं, तर हामी लगभग दुई फरक स्थानमा खेल्छौं ।’

जारी विश्वकपमा केनले ६ र हालान्डले ७ गोल गरिसकेका छन् । केनले हालान्डको समग्र प्रदर्शन धेरै राम्रो रहेको बताए ।

‘मलाई लाग्दैन कि हामी बीच तुलना गर्नुपर्छ । म एक खेलाडी र एक व्यावसायिक व्यक्तिको रूपमा उनको धेरै सम्मान गर्छु । म आशा गर्छु कि भोलि उनको दिन शान्त रहनेछ । तर उनको समग्र प्रदर्शन धेरै राम्रो छ । उनी एक सानदार खेलाडी हुन् ।’

केनले थपे, ‘हामी दुवै नम्बर नौ खेलाडी हौं, तर हाम्रो खेल्ने तरिका फरक छ। म पूर्ण स्ट्राइकरको रूपमा खेल्न सक्ने क्षमता राख्दै बललाई अलि बढी नियन्त्रणमा लिन मन पराउँछु।

 

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय