२७ असार, काठमाडौं । भियतनाममा भारतीय पर्यटक सवार डुंगा दुर्घटनामा परेको छ । फु क्वोक द्वीप नजिकै भारतीय पर्यटकहरू सवार डुंगा दुर्घटनामा परेको हो ।
भियतनाममा अवस्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै भारतीय पर्यटकहरू लैजाँदै गरेको डुंगा पल्टिएको जानकारी दिएको छ ।
दूतावासले घटनाको विवरण संकलनको काम भइरहेको र स्थानीय प्रशासनका तर्फबाट खोज र उद्दार अभियान चलाइएको पनि जनाएको छ ।
दूतावासले डुंगामा सवार पर्यटकहरूको संख्याका बारेमा केही नखुलाएको बीबीसीले जनाएको छ ।
दूतावासले प्रभावित परिवारलाई जानकारी र सहायता उपलब्ध गराउन ची मिन्ह सिटीस्थित भारतीय महावाणिज्य दूतावासमा कन्ट्रोल रूम स्थापना गरिएको बताएको छ ।
यस्तै हनोइमा पनि कन्ट्रोल रूम स्थापना गरिएको बीबीसीमा समाचार छ ।
प्रतिक्रिया 4