News Summary
Generated by OK AI. Editorially reviewed.- गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले दूधराज तामाङलाई शनिबार पक्राउ गरेको छ।
- तामाङ तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रहिसकेका छन् र उनी हाल कम्युनिष्ट पार्टीमा आबद्ध छन्।
- सिन्धुलीको बोधिचित्त माला लुटपाट प्रकरणमा समेत तामाङ विरुद्ध डाँका र चोरीको उजुरी परेको थियो।
२७ असार, काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले दूधराज तामाङलाई पक्राउ गरेको छ ।
अपराधन अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।
काभ्रे घर भएका तामाङ नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । उनी यसअघि तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत थिए ।
यसअघि उनलाई सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणमा पनि प्रहरीले पक्राउ गरेको थियो ।
सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।
सत्यमान लामा र दूधराज तामाङसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4