२७ असार, काठमाडौं । दिवंगत प्रेमप्रसाद आचार्यकी पत्नी नानुका अधिकारीले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसारको सहयोग नपाइएको बताएकी छन् ।
शनिबार नेता बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाइदिने घोषणा गरेका थिए । सोही घोषणाको समाचार अनलाइनखबरमा पनि प्रकाशित भएको थियो ।
सोही समाचार फेसबुकमा सेयर गरिएको सामग्रीको कमेन्ट बक्समा स्व. आचार्य पत्नी अधिकारीले उक्त कुरा खुलाएकी हुन् ।
आचार्यले नयाँबानेश्वरमा आत्मदाह गरेपछि बस्नेतले सार्वजनिक रूपमा आफू(आचार्य पत्नी)लाई शैक्षिक योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिने र छोरीहरूलाई स्नातकसम्मको अध्ययनको जिम्मेवारी लिने घोषणा गरेको स्मरण गराएकी छन् ।
सोही आश्वासनपछि आफू इलामबाट काठमाडौं आएको पनि उनले कमेन्टमा उल्लेख गरेकी छन् । काठमाडौं आएपछि बस्नेतकै पहलमा एक निजी संस्थामा काम पाइएको, पदको हिसाबले पनि ठीकै रहेको, तर जिम्मेवारीअनुसार पारिश्रमिक भने कहिल्यै नपाइएको उनले गुनासो गरेकी छन् ।
यस्तै, छोरीहरूको शिक्षाको जिम्मेवारी भने बस्नेतबाट कहिल्यै पूरा नभएको उनले खुलाएकी छन् ।
आचार्य पत्नी नानुका अधिकारीको कमेन्ट यस्तो छ :

प्रतिक्रिया 4