News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल ७२८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
- निर्वाचनमा महासचिवमा पशुपति कँडेल लगायतका अन्य पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन् ।
- नवनिर्वाचित अध्यक्ष डंगोलले सुरक्षित, व्यवस्थित र प्रविधियुक्त ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।
२८ असार, काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल विजयी भएका छन् । परिषद्को शनिबार आयोजित ३० र ३१ औं वार्षिक साधारणसभा तथा आइतबार बिहान सम्पन्न निर्वाचनमा डंगोलले अर्का उम्मेदवार प्रश्रय राजभण्डारीलाई पराजित गर्दै विजयी भएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए ।
अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरे । यस्तै, प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।
महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे । यसैगरी, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएको निर्वाचन अधिकृत पङ्गेनीले बताए ।
यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईं र चन्द्रा तामाङ विजयी भएका छन् ।
आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो ।
निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताए । उनले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया 4