News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको खैरहनी नगरपालिकास्थित होटल सञ्चालक विकासकुमार श्रेष्ठ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
- प्रहरीले होटलमा काम गर्ने १७ वर्षीया बालिकालाई उद्धार गरी घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
- श्रेष्ठले बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव राखी ५० हजार रुपैयाँको प्रलोभन देखाएको र अश्लील सन्देश पठाएको उजुरीमा उल्लेख छ ।
२८ असार, काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना होटल सञ्चालक पक्राउ परेका छन् ।
चितवन प्रहरीले जिल्लाको खैरहनी नगरपालिकास्थित होटल नमस्ते मिलिजुली खाजा घरका सञ्चालकलाई पक्राउ गरेको हो । साथै उक्त होटलमा काम गर्ने १७ वर्षकीय बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।
खैरहनी नगरपालिका-१० का ३५ वर्षीय विकासकुमार श्रेष्ठले बालिकालाई होटलको कोठामा बोलाइ शारिरक सम्पर्कको प्रस्ताव गरेको र ५० हजार रुपैयाँ दिन्छु भनि प्रलोभन देखाएको आरोप छ ।
बालिकाले ती व्यक्तिको प्रस्ताव इन्कार गर्दासमेत होटल संचालकले संवेदनशील अंगलमा छोएको, आफ्नो ह्वाट्सएप, इन्स्टाग्रामबाट अश्लील म्यासेज पठाउने गरेको उजुरी प्रहरीसमक्ष दिएकी थिइन् ।
सोही आधारमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया 4