+
+
Shares

सप्तरीमा श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ असार २३ गते ७:५४

२३ असार, सप्तरी । सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर-४  सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् ।

प्रतिवादी सादयले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२  बजेको समयमा हत्या गरेको आरोप छ ।

उक्त घटनापश्चात फरार रहँदै आएका सदायलाई आफ्नै घर सिल्हटमा लुकुछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच छोरीको जन्म मृत्यु भएपछि सोही विषयलाई लिएर विवाद भएको थियो । त्यसै विवादका कारण रुन्जेले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले बताए ।

मृतक गीतका बुवा सुकराती सदाको जाहेरी अनुसार मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?