News Summary
Generated by OK AI. Editorially reviewed.- डोटीको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदी किनारमा ७० वर्षीया ठगुली सुनार मृत अवस्थामा फेला परेकी छन् ।
- वडाध्यक्ष नारायण सिंह साउदले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए र प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
- जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटनाको थप विवरण अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ ।
२८ असार, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२, सुनार टोल ठगुली सुनार मृत अवस्थामा भेटिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आइतबार दिउँसो करिब ४ः१५ बजेको समयमा सेती नदीको किनारमा उनी मृत अवस्थामा भेटिएकी हुन् ।
दिपायल सिलगढी नगरपालिका–३ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिकै सेती नदी किनारमा शव देखेपछि सो वडाका अध्यक्ष नारायण सिंह साउदले प्रहरीलाई जानकारी गराएका थिए ।
सूचना पाएपछि प्रहरी नायब निरीक्षक डम्बर कठायतको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुग्दा नदी किनारमा पानीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार करिब ७० वर्षीया ठगुलीको भएको बुझिएको छ । घटनाको बिषयमा थप केही खुलेको छैन । प्रहरीले घटनावारे अनुसन्धान भईरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4