News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबार अगाडि भेला भएका युवाहरूको धरपकडप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ।
- प्रमुख सचेतक ऐन महरले पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे।
- उनले भने, \'उनीहरू सिंहदरबार जलाउन आएका थिएनन्, कानुनी राज्य र राज्य आतंकका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउन आएका थिए।\'
३१ असार, काठमाडौं । सिंहदरबार गेट अगाडि भेला भएका युवाहरूको धरपकडप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐन महरले पक्राउ परेकाहरूलाई रिहा गर्न माग गरे ।
‘अनेरास्ववियुका साथीहरू सिंहदरबार अगाडि सरकारसँग केही माग लिएर आइरहेका थिए । सरकारले, प्रहरीले धरपकड गरेर, दमन गरेर पक्राउ गरेको छ,’ उनले भने, ‘उनीहरू सिंहदरबार जलाउन आएका थिएनन् । कानुनी राज्य र राज्य आतंकका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउन आएका थिए ।’
तर सरकारले धरपकड गरेको भन्दै रिहा गर्न उनले माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4