+
+
Shares

हरित इलाम हिलोमय भयो– सचेतक राई

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र वैकल्पिक सडकखण्डको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • सांसद राईले सडकको दुरावस्थाका कारण बिरामी र सुत्केरी महिलालाई उपचारका लागि झापा पुर्‍याउन समेत कठिन भएको प्रतिनिधि सभामा बताए ।
  • मन्त्रीले स्थलगत अवलोकन गरे पनि राजदुवाली, सिमल गोलाई सडक र बेलिब्रिज निर्माणमा सरकारले चासो नदिएकोमा उनले आपत्ति जनाएका छन् ।

३१ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताएका हुन् ।

उनले ‘हरित नगरी’ का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय’ भएको टिप्पणी गरे ।

मेची राजमार्गको बेहाल अवस्थाले गर्दा बिरामी र सुत्केरी महिलाहरूलाई उपचारका लागि झापाका अस्पतालसम्म पुर्‍याउन समेत नसकिने स्थिति सिर्जना भएको उनले उल्लेख गरे ।

‘पूर्वाधारमन्त्री इलाम जानुभयो, ती सडकखण्डहरु हेर्नुभयो, हिँड्नु पनि भयो । मलाई आशा लागेको थियो उहाँ त्यो विकराल स्थितिको अवलोकन गरेर आउनुहुन्छ लागेको थियो । तर त्यस्तो हुन सकेन । के इलामका नागिरकका लागि ती पूर्वाधार बन्नका लागि सरकार पक्षकै प्रतिनिधि हुनुपर्ने हो । नत्र इलाम सुनिनुपर्थ्यो । सुनिएन,’ राईले भने ।

सांसद राईले राजदुवाली र सिमल गोलाई सडकखण्डको नाजुक अवस्थाका साथै माई जोगमाई खोला र पुवा खोलामा बेलिब्रिज निर्माणको माग पटक–पटक सदनमा उठाउँदा पनि सुनुवाइ नभएकोमा आपत्ति जनाए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सो क्षेत्रको स्थलगत अवलोकन गरे पनि सुधारका लागि कुनै ठोस पहल नभएको उनको गुनासो छ ।

‘हामीले इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ । तर आज हिलोमलय इलाम हुन पुगेको छ । मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि इलामबाट कोही नागरिक बिरामी परेको खण्डमा वा सुत्केरी महिला झापाको एउटा हस्पिटलसम्म आउनसक्ने अवस्था छैन । वैकल्पिक बाटो र बेलिब्रिजको अवस्था पनि त्यस्तै छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?