+
+
Shares

लोकतान्त्रिक विधि मिचेर सरकार तानाशाही बाटोमा लाग्यो : आरेन राई

प्रधानमन्त्रीको ‘सुपर एक्सप्रेस वे’ को प्रसङ्ग उल्लेख गर्दै राईले सरकारलाई लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सुझाव दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद आरेन राईले सरकार लोकतान्त्रिक विधि लत्याएर तानाशाही मार्गमा अग्रसर भएको आरोप लगाउँदै सरकारलाई लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सुझाव दिएका छन् ।
  • सांसद राईले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई बिना विकल्प हटाउने सरकारी तयारी अन्यायपूर्ण भएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाए ।
  • सरकारले स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्दा अपनाएको प्रक्रिया र संघीयताको विषयमा सांसद राईले पारदर्शिता र स्पष्ट अडानको माग गरे ।

३१ असार, काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले वर्तमान सरकार लोकतान्त्रिक विधि र पद्धतिलाई लत्याउँदै तानाशाही मार्गमा अग्रसर भएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारले किसान, मजदुर, प्रेस र आम नागरिकको अधिकार कुण्ठित गर्न खोजेको दाबी गरेका हुन् ।

प्रधानमन्त्रीको ‘सुपर एक्सप्रेस वे’ को प्रसङ्ग उल्लेख गर्दै राईले सरकारलाई लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सुझाव दिए ।

उनले भने, ‘अस्ति सम्माननीय प्रधानमन्त्रीज्यूले हामी सुपर एक्सप्रेस वेमा हिँडेका हौं भन्दै हुनुहुन्थ्यो । म भन्न चाहन्छु प्रधानमन्त्रीज्यूलाई तपाईं सुपर एक्सप्रेस वेमा होइन, लोकतान्त्रिक विधि र पद्धतिको वेमा सरकार चलाउनुहोस् ।’

सांसद राईले संसदको १० दिनको बिदाका समयमा सरकारले अध्यादेशमार्फत नागरिकको अधिकारमाथि हस्तक्षेप गर्नसक्ने आशंका व्यक्त गरे ।

१ साउनदेखि अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै उनले वर्षौँदेखि सेवा गरेका कर्मचारीलाई बिना विकल्प हटाउनु अन्यायपूर्ण हुने बताए ।

सरकारको पारदर्शितामाथि प्रश्न उठाउँदै राईले ६ वटा स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्दा अपनाइएको प्रक्रिया र सिफारिस भएका व्यक्तिको योग्यता सार्वजनिक नगरिएको भन्दै आलोचना गरे ।

संविधान संशोधनको विषयमा धारणा राख्दै उनले संघीयता र प्रदेश संरचनामाथि कुनै पनि प्रकारको ‘छेडखानी’ स्वीकार्य नहुने स्पष्ट पारे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?