News Summary
Generated by OK AI. Editorially reviewed.- आईएसएफ फुटबल विश्वकपमा नेपालको सहभागिताका लागि च्यासलमा खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।
- छनोट प्रतियोगितामा देशभरका करिब ३ सय खेलाडी सहभागी रहेको नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।
- उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले अक्टोबर १७ देखि २६ सम्म चीनमा हुने विश्वकप खेल्ने अवसर पाउनेछन् ।
३१ असार, काठमाडौं । आईएसएफ फुटबल विश्वकपका लागि खेलाडी छनोट प्रतियोगिता च्यासलमा सुरु भएको छ ।
छनोटमा करिब ३ सय खेलाडीको सहभागिता रहेको नेपाल विद्यालय खेलकुद महासंघका महासचिव समेत रहेका आईएसएफका कार्यकारी समितिका सदस्य राजकुमार कार्कीले जनाएका छन् ।
छनोटको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्याञ्जनकारले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका उपमहासचिव भुवनलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख सल्लाहकार ब्याञ्जनकारले छनोट प्रक्रियामा सहभागी सबै खेलाडीलाई शुभकामना व्यक्त गरे ।
छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले अक्टोबर १७ देखि २६ तारिखसम्म चीनमा हुने आईएसएफ फुटबल विश्वकपमा सहभागिताका लागि अवसर प्राप्त गर्ने छन् ।
प्रतिक्रिया 4