News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रेसुङ्गा नगरपालिका-१० मा बेवारिसे अवस्थामा एक थान भरुवा पेस्तोल फेला परेको छ।
- प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले रातो फाइबरको झोलाभित्र उक्त पेस्तोल बरामद गरेको हो।
- पेस्तोल कसले र किन त्यहाँ छाडेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको डीएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।
३२ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिक–१० देउराली–सिमिचौर सडकखण्ड माथिको झाडीमा बेवारिसे अवस्थामा एक थान पेस्तोल फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानमा शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले शंकास्पद वस्तुको सुरक्षित रूपमा जाँच गर्दा रातो फाइबरको झोलाभित्र पुरानो जस्तो देखिने एक थान पेस्तोल फेला पारेको जनाएको छ ।
उक्त पेस्तोल स्थानीय व्यक्तिहरूको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।
भरुवा पेस्तोल त्यहाँ कसले, कहिले र किन छोडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4